Logo १३ माघ २०८२, मंगलबार | Tue Jan 27 2026


महानगरले डोजर चलाउन खोज्दा गैरीगाउँ तनावग्रस्त


2.9k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले गैरीगाउँ सुकुम्वासी बस्तीमा डोजर चलाउन खोज्दा दिनभर तनाव भएकाे छ ।

महानगरले अव्यवस्थित बस्ती हटाउन ७ वटा डोजर लिएर गैरीगाउँ सुकुम्वासी बस्तीमा पुगेकाे थियाे ।

तीनकुनेबाट गैरीगाउँतर्फको बागमती करिडोरमा टायर र काँडेतार राखेका सुकुम्वासी बस्तीका बासिन्दाले पछि टायर बालेर प्रदर्शन गरेपछि तनाव भएकाे थियाे ।

महानगरपालिकाको डोजर पुग्नुअघि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल बस्ती छेउछाउमा देखेपछि सशंकित बनेका बस्तीका बासिन्दाले प्रहरी उपस्थिति बढ्दै गएपछि टायर बालेर प्रदर्शन गरेका थिए ।

महानगरपालिकाको नगर प्रहरी टोली डोजरसहित मीनभवनस्थित यातायात कार्यालय परिसरमा तयारी अवस्थामा बसेको थियो ।