
फाइल तस्वीर
धनुषा । धनुषामा गाँजा तस्करी गर्ने ट्रकसहित चालक पक्राउ परेका छन् ।
शुक्रवार दिउँसो करिब १ बजेको समयमा प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटेको प्रहरीको टोलीले १२४ केजी गाँजा बरामद गरेको हो ।
खाली ट्रकभित्र जस्तापाताले घेरेर लुकाएर लाँदै गरेको अवस्थामा प्रहरीले १२४ केजी गाँजा बरामद गरेको छ ।
प्रहरीले विशेष सूचनाको आधारमा ट्रकसहित गाँजा र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





प्रतिक्रिया दिनुहोस्