Logo १३ माघ २०८२, मंगलबार | Tue Jan 27 2026


भोजपुरमा स्थानीय तहको नीति सम्बन्धी छलफल


78
Shares

काठमाडाैं । भोजपुर नगरपालिकाका शाखा कार्यालयका प्रमुखहरुसँग आप्रवासन तथा पुनः एकिकरण विषयमा स्थानीय तहको नीति सम्बन्धी छलफल भएको छ ।

नगरपालिकाको सभाहलमा भएको छलफलमा नगरपालिकाको क्षेत्रभित्र कृषि क्षेत्रको बिस्तार, स्तरोन्नति, तरकारी खेती लगायत कृषि क्षेत्रमा आत्मनिर्भर हुन रणनीति निर्माण गर्नेलगायत विषयमा छलफल भएको हो ।

छलफलका क्रममा नगरपालिकाले चिस्यान केन्द्र निर्माण, माटोको पिएच परिक्षण, वर्गीकरण, तरकारी संकलन केन्द्र स्थापना लगायत कार्य गर्ने नगरप्रमुख कैलाश कुमार आलेले बताउनुभयो ।

साथै वडाबाट बजेट र नीति तथा कार्यक्रम तयार गर्दा वडासभाले पनि ध्यान दिनका लागि उहाँले आग्रह गर्नुभयो ।