Logo १३ माघ २०८२, मंगलबार | Tue Jan 27 2026


प्रहरीद्वारा सप्तरी जसपा अध्यक्षमाथि कुटपिट, कार्यकर्ता उत्रिए प्रदर्शन


1.9k
Shares

सप्तरी । जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवलाई प्रहरी निरीक्षकले कुटपिट गरेपछि प्रदर्शन गरिएकाे छ।

प्रहरी निरीक्षकले अध्यक्ष यादवकाे टाउकोमा चोट लाग्ने गरी हातपात गरेको भन्दै जसपाका नेता कार्यकर्ताहरूले राजविराजमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका कारण अहिले राजविराजको अवस्था तनाबग्रस्त बनेको छ । छलफलका क्रममा प्रहरी कार्यालय गएका अध्यक्ष यादवलाई प्रहरीले हातपात गर्दै कुटपीट गरी टाउको फुटाएको थियाे ।

जसपाका कार्यकर्ताहरु जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन् । यादवमाथि कुटपिटको घटनाबारे प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले छलफलको क्रममा चर्काचर्की भई प्रहरी निरीक्षकले जसपा जिल्ला अध्यक्ष केदार यादवमाथि हातपात गरेको सूचना आफूले पाएको बताउनु भयाे ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी एवं प्रवक्ता नरेश कुमार सिंहका अनुसार अध्यक्ष यादव महदेवा गाउँपालिकाको मुद्दालाई लिएर प्रहरी कार्यालयमा छलफलमा थिए । त्यस क्रममा प्रहरी निरीक्षक नवीन थापामगरसँग उनको विवाद भएपछि प्रहरी निरीक्षक थापामगरले हातपात गरेका थिए ।