
काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा ९ दलका ९ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
सोमबार बिहान १० बजेदेखि सुरु भएको मनोनयन दर्तामा बेलुका ५ सम्म ९ जनाले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
उम्मेदवारी दर्ता गर्नेमा नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा (एमाले) का सर्वेन्द्र खनाल, राप्रपाकी शोभा गुरूङ, नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टी पूर्णबहादुर राना र मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापा रहनु भएको छ ।
यसैगरी, नागरिक उन्मुक्ति पार्टीका भिमबहादुर सुनार, नेपाल कम्युनिष्ट पार्टी समाजवादीका गणेश श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले उम्मेदवारी दिनु भएको छ ।
राप्रपाकी गुरूङ यस क्षेत्रमा एक मात्र महिला उम्मेदवार हुनुहुन्छ ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडल राष्ट्रपति निर्वाचित हुनु भएपछि तनहुँ–१ मा उपनिर्वाचन हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्