
रामेछाप । ऋणले मान्छेको उठिवास लगाएका घटना धेरै छन् । कतिले त देहत्यागसमेत गरेका छन् । रामेछापको मन्थली नगरपालिका–१३ मा त्यस्तै घटना घटेको छ ।
आफूले विश्वास गरेका मान्छेले धोका दिएपछि र फुलासीका फत्तबहादुर कार्की ९४ वर्षको उमेरमा घर न घाटका भएका छन् । गाउँकै शिक्षक छत्रबहादुरको बदमासीले आफू सुकुम्बासी बनेका फत्तबहादुरको भनाइ छ ।
९४ वर्षको उमेरमा न्याय खोज्न हिंडेका फत्तबहादुरको दुःखको कथा सुरु तरकारी खेती गर्न कृषि विकास बैंकबाट लिएको ५ हजार रुपियाँ ऋणबाट । घर खर्च धानेर मात्रै सुख थिएन फत्तबहादुरलाई । दृष्टिविहीन श्रीमतीको उपचार पनि गर्नु थियो ।
दृष्टिविहीन श्रीमतीलाई घरमा छोडेर मजदुरी गर्न टाढा जाने अवस्था थिएन । बैंकको ऋण लिएर तरकारी र फलफूल खेती सुरु गरेका फत्तबहादुरले श्रीमतीको उपचार थप ३ हजार सापटी लिए गाउँकै ललितबहादुर पौडेलसँग ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्