काठमाडाैं । नेपाल वायु सेवा निगमका अपरेसन निर्देशकलाई २४ घण्टे स्पष्टीकरण साेधिएकाे छ ।
निगमकाे उडानमा असर नपर्ने गरी समयमा नै पालइलटहरूका आवश्यक तालिम व्यवस्था गरी कार्य सूचारू राख्न पटक पटक निर्देशन गर्दा पनि पनि नटेरेकाेभन्दै निर्देशक वरिष्ठ क्यापटन रवीन्द्र कुमार शेरचनलाई स्पष्टीकरण साेधिएकाे हाे ।
ए३३० जहाजका चार जना पाइलटलाई एकै पटक तालिम पढाइ जगेडा पाइलटकाे व्यवस्थापन बारे नजरअन्दाज गरेकाेमा वरिष्ठ क्यापटन शेरचनलाई स्पष्टीकरण साेधिएकाे हाे ।
वरिष्ठ क्यापटन शेरचनले पटक पटक गल्ती दाेहर्याउँदै गएकाेले निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीले स्पष्टीकरण साेध्नु भएकाे हाे ।
त्यस्तै तीन जनालाई विभागीय कारवाही स्वरूप चेतावनीसमेत दिइएकाे छ । उपनिर्देशक वरिष्ठ क्यापटन विजय लामा, ओसीसी म्यानेजर चक्र नकर्मी र मलेसियाका कन्ट्री म्यानेजर नेत्र राज राउतलाई चेतावनी दिइएकाे हाे ।
निगमकाे विभागीय कारवाहीमा परेका कर्मचारीकाे कारवाही विवरण रेकर्डमा रहने र पुन: दाेहाेरिएमा जागिरसमेत जाने व्यवस्था रहेकाे छ।





प्रतिक्रिया दिनुहोस्