Logo १३ माघ २०८२, मंगलबार | Tue Jan 27 2026


नेपाल एयरलाइन्सको प्रवक्तामा उप–निर्देशक पाैडेल नियुक्त


1.5k
Shares

काठमाडौं । उप–निर्देशक रमेश पाैडेल नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को प्रवक्तामा नियुक्त हुनुभएकाे छ ।

उप–निर्देशक पाैडेललाई आज आइतबार निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीले प्रवक्ता पदमा नियुक्त गर्नुभएकाे हाे ।

उप–निर्देशक पाैडेललाई दिइएकाे चिठ्ठीमा भनिएकाे छ, ‘तपाईंलाई तत्कालैदेखि लागू हुनेगरी तपाईले हालसम्म सम्हाली आइरहनु भएकाे कार्यकाे अतिरिक्त निगमकाे प्रवक्ताकाे जिम्मेवारी दिइएकाे छ।’

उप–निर्देशक पाैडेलले आजैबाटै काम सुरु गर्नुभएकाे छ।

प्रवासी नेपाली बीच बिग्रेको नेपाल एयरलाइन्सको छबिलाई उच्च बनाउन महत्त्वपूर्ण भुमिका खेल्नु भएका पौडेललाई एयरलाइन्सले आज प्रवक्ताको जिम्मेवारी प्रदान गरेको हो ।

नेपाल एयरलाइन्सको पहिले बिग्रेको छबीलाई उच्च बनाउन कन्ट्री म्यानेजरको जिम्मेवारी लिएर दुबई पुगेर उहाँले गरेको कार्यको सर्वत्र प्रसंशा हुँदै आएको थियो ।

दुबईमा रहेका नेपाली समुदाय एवम् स्थानीय संग लोकप्रिय बन्नु भएका पौडेल यहीँ लोकप्रियताका कारण नेपाल एयरलाइन्सको छबि उच्च बनाउन सफल हुनुभएको थियो ।