
काठमाडाैं । पाइलट बिरामी भएपछि नेपाल एयरलाइन्सको काठमाडौं–दुबई उडान ११ घण्टा ढिलाे भएको छ।
शनिबार राति १२ बजेट उड्नु पर्ने नेपाल वायु सेवा निगमको आर ए २२९ उडान नम्बरको विमान आइतबार बिहान ११ बजे मात्र मात्र उडेको हो । निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेले उक्त उडानमा तोकिएका एक पाइलटले बिरामी भएको जानकारी गराएपछि विकल्पमा अर्को पाइलट समेत उपलब्ध नहुँदा उडान ११ घण्टासम्म ढिलाे हुन पुगेको बताउनुभयो ।
वाइडबडी उक्त विमानबाट २ सय ६६ जना यात्रुले दुबई उड्न बोर्डिङ पास लिएका थिए । उनीहरुलाई राति विभिन्न होटेलमा राखेर बिहान विमानस्थल पुर्याइएको थियो । काठमाडौं–दुबई–काठमाडौंको उडान रद्द हुँदा दुवैतर्फ करिब ५ सय ४३ यात्रु जना अलपत्र परेका थिए ।
निगम स्रोतका अनुसार दुबईबाट आइतबार बिहान ४ बजे काठमाडौंका लागि तय भएको यही विमानको उडान पनि रद्द गरिएको थियो । उक्त उडानबाट काठमाडौं आउने यात्रुलाई पनि दुबईमा रहेको निगमको स्टेशले निगमकै खर्चमा होटलमा राखेको जनाइएकाे छ ।
अन्तिम समयमा यात्रुहरुले विमान नउडाएकोमा विमानस्थलमा नाराबाजी गर्दै निगम व्यवस्थापनको विरोध समेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्