
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सातौं पटक मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्।
शुक्रबार ३ बजे नयाँ मन्त्रीका लागि सपथको समय राष्ट्रपति कार्यालयले तोकेको छ। हालसम्म नेपाली कांग्रेसले ४, एकीकृत समाजवादी २, जसपा १, लोसपा १, नागरिक उन्मुक्ति १ र नेपाल समाजवादी पार्टीले १ मन्त्रीको नाम टुंग्याएका छन्।
संविधानमा २५ सदस्यीय मन्त्रीपरिषद् बनाउने अधिकार दिइएको छ।
कसलाई कुन मन्त्रालयको जिम्मेवारी?
पूर्णबहादुर खड्का- उपप्रधान तथा रक्षा
नारायणकाजी श्रेष्ठ- उपप्रधान तथा गृह
प्रकाशशरण महत- अर्थ
रमेश रिजाल- उद्योग वाणिज्य तथा आपूर्ति
सीता गुरुङ- शहरी विकास
शक्ति बस्नेत- ऊर्जा, जलस्रोत तथा सिंचाइ
बेदुराम भुसाल- कृषि तथा पशुपंक्षी विकास
प्रकाश ज्वाला- भौतिक पूर्वाधार तथा यातायात
अकोश राई- शिक्षा, विज्ञान तथा प्रविधि
शरतसिंह भण्डारी- श्रम, रोजगार तथा सामाजिक सुरक्षा
रञ्जिता श्रेष्ठ- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
महिन्द्र राय यादव- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
अब्दुल खान- खानेपानी तथा सरसफाइ
रेखा शर्मा- सञ्चार तथा सूचना प्रविधि
सुदन किराँती- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
अमनलाल मोदी- संघीय मामिला तथा सामान्य प्रशासन
प्रतिक्रिया दिनुहोस्