Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


स्याङ्जाको चापाकोट अस्पतालमा आजदेखि दन्त सेवा सुरू


52
Shares

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकामा रहेको चापाकोट अस्पतालमा दन्त विभागको स्थापना भएकाे छ ।

बुधबार दन्त विभागको एक कार्यक्रमकाबीच चापाकोट नगरपालिकाकाका प्रमुख देवबहादुर खाँण (ईश्वर) र कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । चापाकोट नगरपालिकाको पहल तथा रोटरी क्लब अफ काठमाडौं नर्थ डिस्टक्ट ३२९२, रोटरी क्लब अफ उकु जिङ्जोङ, न्यु ताइपे ताइवान डिस्टिकट ३४९०, कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल र कान्तिपुर डेन्टल अस्पतालको १९ लाख ३१ हजार रूपैयाँ बराबरको उपकरणकाे सहयोगमा बिहीबारबाट दन्त उपचार सेवा सुरू भएकाे हाे ।

नगरप्रमुख खाँणले चापाकोट अस्पतालमा दन्त स्वास्थ्य सेवा आश्यकता भइरहेको बेला दन्त विभाग स्थापना हुनु खुशीको कुरा भएकाे बताउनुभएकाे छ। जसले कोषेढुङगाको काम गर्ने पनि उहाँले बताउनुभयो। उद्घाटन कार्यक्रममा कान्तिपुर डेन्टल कलेज अस्पतालका अध्यक्ष श्रेष्ठले आफ्नै पालिकामा दन्त स्वास्थ्य विभागको स्थापना भई जनताहरुले सेवा लिन पाउँदा खुशी भएकाे बताउनुभएकाे हाे ।

चापाकोट अस्पतालका मेडिकल अधिकृत डा. विक्रम तिवारीले सबै मिलेर गए चापाकोटकै स्वास्थ्य राम्रो हुने बताउनुभएको थियो ।