
काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पहिचानको आन्दोलनमा जीवन गुमाएका पदम लिम्बूसहित अन्य आन्दोलनकर्ताको बारेमा सरकारको ध्यानाकर्षण गराएको बताउनुभएको छ ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा पर्यटनमन्त्री किराँतीले आफैँ सरकारमा रहेर सरकारलाई नै ध्यानाकर्षण गराएको अभिव्यक्ति दिनुभएको हो ।
उहाँले शुक्रवार बसेको मन्त्रीपरिषद्को बैठकमा आफूले सरकारलाई कोही प्रदेशमा चलिरहेको पहिचानको आन्दोलनबारे सरकारलाई गम्भीर बन्न आग्रह गरेको तर्क गर्नुभयो ।
मन्त्री किराँतीले एकल संस्कृति र एकल पहिचानले देश नबन्ने भन्दै सबैको सौन्दर्य र पहिचानलाई उत्तिकै मान्यता दिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्