
काठमाडाैं । सत्तारुढ माओवादी केन्द्रको पदाधिकारी बैठकमा मन्त्रिपरिषद् विस्तार र संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई टुंगो लगाउने विषयमा छलफल भएको छ ।
माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकमा संसद्लाई प्रभावकारी बनाउने, मन्त्रिपरिषद् विस्तार र पार्टीलाई अगाडि बढाउने विषयमा छलफल भएको नेताहरुले बताएका छन् ।
माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्नेबारे छलफल भएको बताउनुभयो । उहाँले सत्तारुढ गठबन्धनमा सहभागी राजनीतिक दलहरूसँग प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले छलफल गरेर मन्त्रिपरिषद् विस्तारलाई टुंगोमा पु¥याउनेबारे छलफल जानकारी दिनुभयो ।
प्रदेशका सरकारमा आलोपालो गर्ने तथा संघीय सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रदेश सरकारलाई पनि गतिशील बनाउने गरी अघि बढ्ने बारेमा पनि माओवादीमा छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस्