
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेवार जातिको अध्ययन तथा अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने बताउनुभएको छ ।
विश्व नेवार दिवसको अवसर पारेर आज काठमाडौंको बसन्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेवार समूदायका लागि खोलिने सो प्रतिष्ठान सिंगो नेपालकै लागि हुने पनि स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री दाहालले नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिलाउने काम पनि आफू पहिलो पटक प्रधानमन्त्री भएको बेला गरेको स्मरण गराउनु भयो ।
प्रधानमन्त्री दाहालले नेवार समूदाय विश्वमै नगर सभ्यता सुरु गर्ने अग्रज समुदाय भित्र पर्ने उल्लेख गर्दै त्यो नेपाल र नेपालीका लागि गर्वको विषय भएको बताउनुभयो ।
उहाँले उत्पीडित जाति र समूदायको उत्थानका लागि संविधान संशोधन गर्दै अघि बढनुपर्ने पनि दोहो¥याउनु भयो ।
प्रतिक्रिया दिनुहोस्