Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


सामुदायिक रेडियोले नागरिकलाई श्रमप्रति सम्मानको भावना जगाउने गरी सामग्री प्रसारण गर्नुपर्नेमा राष्ट्रपतिकाे जाेड


78
Shares

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले सामुदायिक रेडियोहरूले नागरिकलाई श्रमप्रति सम्मानको भावना जगाउने गरी सामग्री प्रसारण गर्नुपर्नेमा जोड दिनुभएको छ।

राष्ट्रपति पौडेललाई भेट्न शनिवार शीतलनिवास पुगेको सामुदायिक रेडियो प्रसारक संघ (एकोराब) नेपालको कार्यसमितिसँग राष्ट्रपति पौडेलले श्रम संस्कृतिलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले कक्षा ८,एसएलसी उत्तीर्ण हुनासाथ काम गर्नुहुँदैन भन्ने भावनाको विकास भइरहेको उल्लेख गर्दै श्रम गर्नु राम्रो हो र यसले तन/मन दुवैलाई स्वस्थ बनाउँछ भन्ने भावना विकास हुनेगरी सामुदायिक रेडियोले काम गर्नुपर्ने बताउनुभयो ।

देशका कुना कन्दरासम्म फैलिएर रहेका सामुदायिक रेडियोहरूले नागरिकको सूचनाको लागि महत्वपूर्ण काम गरिरहेको राष्ट्रपति पौडेलको भनाइ छ ।

भेटका क्रममा एकोराबका अध्यक्ष अर्जुन गिरीले राष्ट्रपति पौडेललाई सफल कार्यकालको शुभकामना दिँदै सामुदायिक रेडियोहरूको पनि अभिभावक बन्न आग्रह गर्नुभएको थियो ।