Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


संसद भवनलाई रेट्रोफिट गरेर मर्मत गर्न सरकारलाई निर्देशन


351
Shares

काठमाडाैं । संसदीय समितिले सिंहदरबारस्थित रहेको पुरानो संसद भवनलाई रेट्रोफिट गरेर मर्मत गर्न सरकारलाई निर्देशन दिएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकले ऐतिहासिक संसद भवनलाई रेट्रोफिट गरेर मर्मत गर्न सरकारलाई निर्देशन दिएकाे हाे।

२०१६ सालमा निर्माण भएको संसद भवन भूकम्पका कारण क्षतिग्रस्त अवस्थामा रहेको थियो । समितिले सो भवन पुनःनिर्माण नगरी पुरानै अवस्थामा राख्न शहरी विकास र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो । समितिले सिंहदरबारस्थित निर्माणाधिन नयाँ संसद भवन परिसरमा बन्दै गरेको पुस्तकालय भवन निर्माण क्रममा देखिएको प्राविधिक त्रुटी सच्याउन सम्झाएको छ ।

बैठकमा उपस्थित राष्ट्रियसभा सदस्यहरुले पुस्तकालय लगायत संघीय संसदका भवन समयमै र गुणस्तरीय बनाउन आग्रह गरेका थिए ।