३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


न्यूनतम साझा कार्यक्रम तय गर्न सत्ता गठबन्धनको बैठक


364
Shares

काठमाडौं । न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न सत्ता साझेदार मुख्य चार दलको बैठक बालुवाटारमा सुरु भएको छ।

मन्त्रिपरिषद विस्तार र न्यूनतम साझा कार्यक्रमलगायत विषय एकैसाथ अघि बढाउन छलफल भइरहेको बालुवाटार स्राेतले जनाएकाे छ ।

बैठकमा सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेस, नेकपा एकीकृत माजवादी र जनता समाजवादी पार्टी जसपा सहभागी छन्।

यसअघि मन्त्रिपरिषद् विस्तारबारे समझदारी जुटाउन बुधबार चारै दलका शीर्ष नेताहरुको बैठक बसेको थियो।