२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


ब्राजिलमा पूर्वराष्ट्रपति लुला चुनावमा उठ्न नपाउने फैसला


0
Shares

काठमाडौं, भदौ १६ । ब्राजिलमा चुनावसम्बन्धी उच्च अदालतले पूर्वराष्ट्रपति लुइस लुला डा सिल्भाले चुनावमा उठ्न नपाउने फैसला गरेको छ ।

भ्रष्टाचारको अभियोगमा लुला हाल जेलमा छन् ।

अदालतले बहुमतको आधारमा निर्णय गर्दै लुलालाई आगामी अक्टोरमा हुने राष्ट्रपतिको निर्वाचनमा लड्न नपाउने निर्णय गरेको छ । तर, उनका कानुनी सल्लाहकारले निर्णयविरुद्ध अपिल गर्ने बताएका छन् ।

७२ वर्षीय लुलाको ब्राजिल ओर्कर्स पार्टीले उनको उम्मेदवारीविरुद्ध जुनसुकै कदम चाल्ने जनाएको छ ।

गत महिनामात्र लुलाको पार्टीले उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

गत जनवरीमा करिब १.१ मिलियन अमेरिकी डलर घुस लिएको अभियोगमा लुलाविरुद्ध १२ वर्षको जेल सजाय सुनाइएको थियो । (एजेन्सी)