Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


स्वावियु निर्वाचन : बाजुरामा विद्यार्थी संगठनबीच झडप, प्रहरीद्वारा हवाई फायर


1.6k
Shares

बाजुरा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत बाजुराकाे बुढिनन्दा क्याम्पसमा दुई विद्यार्थी संगठनबीच झडप भएकाे छ ।

झडपले ठुलाे रूप लिन खाेज्दा नेपाल प्रहरीले ५ अश्रु ग्यास र २० भन्दा बढी हवाई फायर गरेर भिड नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक कबिन्द्रसिहं बाेहाेराले बताउनु भयाे । भीडले उग्ररूप लिएपछि प्रहरीले हवाई फाएर गरेकाे प्रहरी प्रमुख बाेहराले जानकारी दिनुभयाे ।

त्रिभुवन विश्वविद्यालयले चैत ५ गते आइतबारका लागि तय गरेको स्ववियुको बुढिनन्दा क्याम्पसमा २ बजे झडप भएकाे हाे। अहिले सम्म २५४ मत खसेको बुढिनन्दा क्याम्पस स्वावियु निर्वाचन कमिटीले जनाएको छ ।

भिड नियन्त्रण गर्न समस्या भएपछि प्रहरीले अश्रुग्यास र हवाई फाएर गरिएकाे प्रहरीले जनाएकाे छ । अहिले मतदान स्थगित रहेको इलाका प्रहरी कार्यलय कोल्टिका प्रहरी निरीक्षक सुरेश सिहले जानकारी दिनुभयाे ।