
काठमाडौं । राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ चयन हुनुभएको छ ।
शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले तामाङलाई उपनेता चयन गरेको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले चैत ६ गते लिने विश्वासको मतका सम्बन्धमा राप्रपाको फेरि बस्ने बैठकबाट निर्णय लिने बताएको छ ।
शनिबारको बैठकबाट पार्टीको संसदीय दलको विधान पनि टुंग्याएको राप्रपाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्