Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


नक्कली कम्पनी खडा गरी ठगी गरेकाे आराेपमा व्यापारी शाहसहित ६ जना जेल चलान


2.5k
Shares

काठमाडौं । नक्कली कम्पनी खडा गरी ठगी गरेकाे आराेपमा व्यापारी पृथ्वीबहादुर शाहसहित ६ जनालाई जेल चलान गरिएकाे छ ।

जेल चलान हुनेमा शाहसहित उनका भाइ विजयविक्रम शाह, अनुप खड्का, चक्रबहादुर खत्री, रुक्मांगत काफ्ले र रंगबहादुर साउद रहेका छन् ।

जिल्ला अदालत काठमाडौंले उनीहरुलाई जेल चलान गरेकाे हाे ।

ठगी, संगठित अपराध तथा लिखतसम्बन्धी कसुर मुद्दामा पक्राउ परेका सातमध्ये ६ जनालाई जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको हो।

अछाम स्थायी घर भएका शाहले विदेशी नागरिकलाई ठगी गरेको रकम विभिन्न कम्पनीका नाममा नेपाल ल्याएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो।