Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


अध्यक्ष नेपालसँग उपराष्ट्रपतिका उम्मेदवार यादवले माग्नु भयो मत


377
Shares

काठमाडाैं । उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई आज भेट गरी मत माग्नुभएको छ ।

उहाँ आज अध्यक्ष नेपालको निवास पुगेर नेपाल र उहाँको दलसँग उपराष्ट्रपति पदका लागि आफूलाई मत माग्नुभएको हो । त्यस अवसरमा यादवको साथमा रहनुभएका सांसद प्रदीपकुमार यादवले भन्नुभयो, “रामसहायजीसहित हामीले एकीकृत समाजवादीका नेता माधव नेपाललाई भेटेर मत मागेका छौँ, अब प्रधानमन्त्रीजीसँग पनि मत माग्न जाँदैछौँ ।”

उपराष्ट्रपतिका उम्मेदवार यादवले आजै अन्य राजनीतिक दलका नेता तथा सांसदसँग भेटेर मत माग्ने कार्यक्रम रहेको बताउनुभयो । आफू गठबन्धनको साझा उम्मेदवार भएकाले सत्ता गठबन्धनमा सहभागी सबै दलको आफूलाई सहयोग रहने उहाँले बताउनुभयो ।

Skip This