Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


गाेरखामा मिनी ट्रक दुर्घटना : एक जनाकाे मृत्यु, ७ जना गम्भीर घाइते


1.2k
Shares

गाेरखा । गाेरखामा मिनी ट्रक दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन् ।

गाेरखा नगरपालिका वडा नम्बर ६ काे बिसाैनी माेडमा मिनी ट्रक दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका हुन् ।

गाेरखा बसपार्कबाट आबुखैरेनीतर्फ गइरहेकाे प्रदेश प्रदेशको ०१००३–६१७० नम्बरकाे मिनी ट्रक विपरित दिशाबाट आएकाे बा ८६ पा १७८६ नम्बरकाे माेटरसाइकललाई जाेगाउन खाेज्दा दुर्घटना भएकाे जिल्ला ट्राफिक कार्यालय गाेरखाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिनुभयाे ।

उहाँका अनुसार दुर्घटनामा परी ६ जना पुरुष र २ जना महिला गम्भीर घाइते भएका थिए । त्यसमध्ये एक जना पुरुषकाे जिल्ला अस्पताल गाेरखामा उपचारकाे क्रममा मृत्यु भएकाे सूचना अधिकारी लामिछानेले बताउनु भयाे ।