Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


भ्रष्टाचारको अखडा बन्दै स्थानीय तह


39
Shares

काठमाडौं । सरकारी रकम हानिनोक्सानी गरेको कसुरमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्लाहीको हरिवन नगरपालिका–१० का वडाध्यक्ष शम्भुप्रसाद मैनालीसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले शुक्रबार वडाध्यक्ष मैनालीसहित गौरी कुमारी र हिराकुमारी श्रेष्ठविरुद्ध बिगो, कैद र जरिवाना मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।

तीनैजनाविरुद्ध ९ लाख ३६ हजार रूपैयाँ बिगो मागदाबी गरिएको छ। अख्तियारले मैनालीविरुद्ध १ वर्ष ६ महिनादेखि २ वर्ष ६ महिनासम्म कैद सजायको पनि मागदाबी गरेको छ। उनीविरुद्ध वडा १० को नयाँरोड बजारअन्तर्गतको पूर्वपश्चिम राजमार्गसँग जोडिएको जग्गा बकसपत्र लिखत पारित गर्दा जग्गाको न्यूनतम मूल्यांकन पुस्तिकामा उल्लेख भएकोभन्दा कम मूल्य राखी रजिस्ट्रेसन गरेको आरोप छ।

यस्तै गौरी कुमारीले कित्ता नम्बर ३५१ को जग्गा पूर्व–पश्चिम राजमार्गसँग जोडिएको थाहा हुँदाहुँदै उक्त कित्ता नम्बरको जग्गालाई खेतीयोग्य र बाटो नभएको जग्गा भनी हरिवन–१० बाट घरबाटो प्रमाणित सिफारिसपत्र लिएको पाइएको छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।