Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


प्रधानाध्यापकको नेतृत्व विकासका लागि गोष्ठी


156
Shares

सुशील गैरे
कपिलवस्तु । शिक्षाको दिगो विकासका लागि विद्यालय तहमा रहेर शिक्षाको नेतृत्व गर्नेहरूको ज्ञान, सीप र व्यवहारमा परिवर्तन ल्याउन प्याब्सन कपिलवस्तुले एक दिने कार्यशाला गोष्ठी आयाेजना गरेको छ।

बुद्धभूमि नगरपालिकाका प्रसासकिय अधिकृत लिल बहादुर रावलले निजी विद्यालयको छाता संगठन प्याब्सन कपिलवस्तुले शिक्षा क्षेत्रमा खेलेको भूमिकाको प्रसंशा गर्दै जिल्लाको शिक्षा क्षेत्रमा एउटा इट्टा थप्न प्याब्सनले अझै मेहेनत गर्नेमा विश्वत रहेको बताउनुभयो।

तालिममा विद्यालयको वातावरण, शिक्षण विधि, विद्यार्थी, अभिभावक र शिक्षक बीचको सम्बन्ध, सञ्चार प्रविधिका बारेमा प्रितम पौडेलले सहजीकरण गर्नुभएको थियो। समयसँगै विद्यालयको नेतृत्वकर्ता पनि परिवर्तन हुनुपर्ने भएकाले कार्यक्रमको आयोजना गरिएको प्याब्सन कपिलवस्तुका अध्यक्ष सुन्दर पाण्डेले बताउनुभयो।