२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


राप्रपाले बोलायो कार्यसम्पादन समितिको बैठक


416
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।

बैठक बुधबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाइएको हो ।

बैठकमा राष्ट्रपति निर्वाचनका सन्दर्भमा विभिन्न विकल्पमा छलफल हुने पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

बिहीबार हुने राष्ट्रपति निर्वाचनमा नौ दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का तर्फबाट सुवास नेम्वाङ उम्मेदवार हुनुहन्छ ।