Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


कर्मचारी सरुवामा प्रधानमन्त्री सचिवालयको ‘अस्वाभाविक’ रुचि


364
Shares

काठमाडौं । कर्मचारी सरुवा नियमित प्रक्रिया भए पनि प्रधानमन्त्री, मन्त्री तथा उनका सचिवालमा रहनेहरूले अस्वाभाविक चासो राख्न थालेपछि सरुवा विवादित हुने गरेको छ । यस्तो रुचि राख्ने परम्परा वर्षौंदेखिको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै गरेको सहसचिव र उपसचिवका सरुवामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय एवं प्रधानमन्त्रीको सचिवालयबाट अनावश्यक हस्तक्षेप भएको प्रधानमन्त्री कार्यालय स्रोतको दाबी छ ।

स्रोतका अनुसार सो हस्तक्षेपका कारण सरुवा सूची धेरैपटक सच्याउनुपरेको थियो भने सरुवा सूची सार्वजनिक गर्न निकै हम्मे परेको थियो ।

सहसचिव र उपसचिवको सरुवा सूची धेरैपटक सच्याउन परेको र बारम्बार टिपेक्ससमेत लगाउनुपरेकाले सो सरुवा विवादित हुन पुगेको बताइन्छ । सामान्यको सरुवामा केही चलखेलसमेत भएको बताइन्छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।