Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


जनयुद्ध, मधेस आन्दोलनका शहीदको नाम राजपत्रमा प्रकाशित हुने


520
Shares

काठमाडौं । सरकारले विभिन्न मितिमा शहीद घोषणा गरेको तर नेपाल राजपत्रमा नामावली प्रकाशन हुन बाँकी रहेकाको नाम राजपत्रमा प्रकाशन गर्ने भएको छ ।

मन्त्रिपरिषदको सोमबारको बैठकले जनयुद्ध, जनआन्दोलन, मधेसलगायतका आन्दोलनमा सहादत प्राप्त गरी शहीद घोषणा गरेका तर राजपत्रमा प्रकाशित हुन बाँकीको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको निर्णय मंगलबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ती आन्दोलनमा सहादत प्राप्त गर्नेको नाम घोषणा भए पनि राजपत्रमा प्रकाशित हुन बाँकी रहेकाले उनीहरूको नाम राजपत्रमा प्रकाशित गरिने जानकारी दिइन् ।

‘आन्दोलनमा को कतिको मृत्युभन्दा पनि के कतिलाई शहीद घोषणा गरिएको थियो ? भन्ने आधारमा नाम प्रकाशन हुनेछ,’ उनले भनिन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित गरेको छ ।