काठमाडौं । नारायणहिटी संग्रहालय खुलेको १५ वर्ष अवधिमा झन्डै ४५ लाखले संग्रहालय अवलोकन गरेका छन् । आर्थिक वर्ष २०६५ देखि ०७६ सम्ममा ३३ लाख ९९ हजार २ सय ३१ ले अवलोकन गरेका थिए ।
पछिल्लो तीन वर्षमा करिब १० लाखले अवलोकन गरेको संग्रहालय तथा गणतन्त्र स्मारक विकास समितिका सूचना अधिकारी पुरुषोत्तम थापाले जानकारी दिनुभयो । अवलोकन गर्नेमा हालसम्म सबैभन्दा बढी नेपाली रहेका छन् ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०६५ साल असार १ गते नारायणहिटी दरबारलाई राष्ट्रिय संग्रहालय घोषणा गर्नुभएको थियो । त्यसको ८ महिनापछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०६५ साल फागुन १५ गते नारायणहिटी संग्रहालयको औपचारिक उद्घाटन गर्नुभएको थियो । सोही वर्ष फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहालले संग्रहालयको उद्घाटन गर्नुभएको थियो ।
त्यसपछि नेपाली विद्यार्थी रहेका छन् । पछिल्लो समय सार्क मुलुकका पर्यटकको आकर्षण बढ्दै गएको समितिले जनाएको छ । नेपालमा आउने भारतीय मुलुकको पर्यटकमध्ये अधिकांशले संग्रहालय अवलोकन गर्ने गरेका छन् । समितिले संग्रहालय अवलोकन गर्न विद्यार्थीले ५०, सर्वसाधारणलाई २ सय, सार्क र चीनका पर्यटकलाई जनही ५ सय र अन्य मुलुकका पर्यटकसँग १ हजार रुपियाँ लिने व्यवस्था छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।





प्रतिक्रिया दिनुहोस्