Logo १६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026


सिन्धुलीको जिर्घा सडककाे निर्माण तीव्र गतिमा


156
Shares

सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिकाको मुकाम लाम्पान्टारसम्म आवागमन गर्ने सिन्धुली माडी जिर्घा सडक निर्माणको कार्य तीव्र गतिमा भएको छ ।

सिन्धुलीकाे प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीकाे करिब ३४ करोड ४१ लाखको लागतमा निर्माण भैरहको सिन्धुलीमाडी–जिर्घा करिब १४.५६० किलोमिटर सडक खण्ड निर्माणको कार्य यहि आर्थिक वर्षमा सम्पन्न गर्ने उदेश्यले निर्माणको कार्य अघि बढाइएको हो ।

विगतमा सडक निर्माणका क्रममा देखिएको वन क्षेत्रको समस्याका कारणले सडक निर्माणको कार्य ढिलाे हुँदा हिउँदा लागेसँगै सडक निर्माणको कार्य तीव्र रुपमा अघि बढेको सडक निर्माणको ठेकेदार पक्ष आषिश-डिएस जेभीका रुद्र थापाले बताउनुभयाे।

सिन्धुलीमाडीबाट जिर्घा सडक खण्डको कुल १४.५६० किलोमिटर सडक मध्धे प्राविधिक लगायतका समस्या नभएका सबै क्षेत्रमा कालोपत्रे सडक निर्माणकाे कार्य यहि आर्थिक वर्षभित्र सम्पन्न गर्ने प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीका प्रमुख देवनारायण यादवले बताउनुभयाे ।

विगतमा व्यवस्थित सडकको अभावमा सिन्धुली माडीदेखि जिर्घासम्म आवागमन गर्नका लागि अत्यन्तै कठिनाई रहेको थियो । सडक निर्माण भएपछि यातायातका साधनहरुको आवागमनका लागि सुविधा पुग्ने भएकाे छ ।