२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


जसपालाई उपराष्ट्रपति दिन माओवादी सकारात्मक: अध्यक्ष यादव


598
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल आफूहरुलाई उपराष्ट्रपति दिने विषयमा सकारात्मक रहेको बताउनुभएको छ ।

बिहीबार सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । छलफलका क्रममा आफूहरुले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन तथा सरकारको विषयमा धारणा राखेको अध्यक्ष यादवले बताउनुभयाे ।

प्रधानमन्त्री दाहालले जुनसुकै काम गर्दा पनि नेपाली कांग्रेसलाई सहमतिमा लिएर जान चाहेको धारणा व्यक्त गर्नुभएको उहाँले बताउनुभएकाे हाे । प्रधानमन्त्री दाहालले आगामी दिनमा कांग्रेससँग सहकार्य गर्नुपर्नेमा जोड दिएको उहाँको भना इ थियाे ।