Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


यी हुन् इलाममा पक्राउ परेका चन्द नेतृत्वको नेकपाका ११ कार्यकर्ता


0
Shares

प्रकाश नेपाल (इमेज)

इलाम, भदौ १४ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ११ जना कार्यकर्तालाई इलाम प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

इलामको सूर्याेदय नगरपालिका–५ स्थित समालबुङबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

सूर्योदयको सुम्फुङ गाउँमा चन्द समूहको गतिविधि तीव्र रहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगर र समाल्बुङबाट खटिएको प्रहरी टोलीले बुधबार उनीहरुलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरिएको हो ।

पक्राउपर्नेहरुमा मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर–३ का ४५ वर्षीय अर्जुन आचार्य, झापाको दमक नगरपालिका वडा नम्बर–७ बस्ने ३४ वर्षीय सन्तोष लिम्बू, दमक नगरपालिका वडा नम्बर–२ बस्ने २८  वर्षीय सुमनसिंह पौडेल, झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर–११ बस्ने ३० वर्षीया तारा थापा रहेका छन् ।

यसैगरी, झापा गाउँपालिका वडा नम्बर–२ बस्ने ३८ वर्षीय चमनलाल माझी, झापाकै बिर्तामोड नगरपालिका वडा नम्बर–३ बस्ने ४८ वर्षीय चित्र विश्वकर्मा, शिवसताक्षी नगरपालिका वडा नम्बर–११ बस्ने २९ वर्षीय सुरेन्द्र मिश्र, झापाकै गौरीगन्ज गाउँपालिका वडा नम्बर–१ बस्ने २५ वर्षीय सन्जय राई र सोही ठाउँका ३५ वर्षीय भीमकुमार सुब्बालाई पक्राउ गरिएको छ ।

यस्तै, झापाको दमक नगरपालिका वडा नम्बर–२ बस्ने ३० वर्षीय विनोदकुमार राई र इलामको देउमाई नगरपालिका वडा नम्बर–८ बस्ने ६७  वर्षीय मोहनबहादुर बराल पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।