१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


शुद्ध खानेपानी र चुस्त ढल निर्माण कार्य शंकटमा


65
Shares

वीरगन्ज । वर्षात्मा चुर्लुम्म डुम्ने मध्ये तराईका पर्सा, बारा र रौतहट हेर्ने संघीय सरकार मातहतको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयले दरबन्दी अनुसारको कार्यालय प्रमुख अझै पाउन सकेको छैन । अढाइ बर्ष अगाडी पर्साको वीरगन्जमा तीन जिल्ला हेर्न स्थापना भएको यो कार्यालयले अझै दरबन्दी अनुसारको कार्यालय प्रमुख पाउन नसकेको हो ।

कार्यालयले कार्यालय प्रमुख नै नपाउँदा निमित्तको भरमा मात्र आफ्ना २ सय आयोजना संचालनमा फत्ते गर्न चुनौती थपिएको छ । स्वस्थ पानीको लागि आर्सेनिक परीक्षण, स्वच्छ खानेपानीको लागि ठूला खानेपानीका आयोजना निर्माण र अपर्याप्त ढलको चुस्तता यो कार्यालयको जिम्मेवारीका काम हुन् ।

तर चालु आर्थिक वर्षमा कार्यालयले सम्पन्न गर्न पर्ने करिब २ सय आयोजनाहरु दुई ईन्जिनियर, ३ सव–ईन्जिनियर, १ प्राविधिक सुब्बा, एक लेखापाल, एक कम्प्युटर अपरेट र एक कार्यालय सहयोगीका भरमा चलिरहेको छ । निमित्त प्रमुखले कार्यालयका प्रमुखले गर्ने सबै काम गर्न नसक्ने त्यहाँका कर्मचारीहरुले गुनासो गरे । ‘एक ईन्जिनियरलाई निमित्त प्रमुख तोकिएको त छ । तर, उनले फिल्डको काम गर्ने कि दैनिक प्रशासनिक कार्य सम्पादनमा ध्यान दिने रु’ एक कर्मचारीले भने ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।