Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


प्रमुख खाद्य बालीको आयात घट्नु शंकास्पद


91
Shares

काठमाडौं । चालू आर्थिक वर्षमा अति आवश्यकीय वस्तुमा पर्ने मुख्य खाद्यान्न बालीको आयात उच्च दरले घटेको छ ।

यो वर्ष समग्र आयातमा २०.७ प्रतिशतले गिरावट आएको छ । त्यसअनुसार अधिकांश वस्तुको आयात कम हुनु स्वाभाविकै हो । तर, आवश्यकीय वस्तुमा पर्ने मुख्य खाद्यान्न बालीहरुको समेत आयात घट्नुले अवैध व्यापारले प्रश्रय पाएको हो कि भन्ने शंका उब्जाएको छ ।

आयात घटेका प्रमुख खाद्यान्न बालीको आन्तरिक उत्पादन पनि धेरै नबढेको अवस्थाले अवैध व्यापारलाई झनै शंकाको घेरामा ल्याएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको तथ्यांक अनुसार चालू आवको ६ महिनामा चामल, मकै र गहुँ लगायतका बालीको आयात घटेको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।