Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


नेपालबाट भारतमा थप बिजुली निर्यात हुने


286
Shares

काठमाडौं । नेपालबाट भारतमा थप बिजुली निर्यात गर्ने तयारी सुरु भएको छ ।

भारतमा जारी नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा नेपालबाट भारतमा थप बिजुली निर्यात गर्ने बारेमा छलफल थालिएसँगै थप बिजुली निर्यात गर्ने बाटो खुलेको हो । अहिले नेपाल–भारत ऊर्जा सचिवस्तरीय १० औं बैठक भारतको माउण्ट आबुमा जारी रहेकाे छ ।

बैठकको नेतृत्व नेपालका ऊर्जा सचिव दिनेशकुमार घिमिरेले गरिरहनुभएको छ । भारतको नेतृत्व समकक्षी आलोक कुमारले गरिरहनुभएको छ । बैठकमा भारतमा थप बिजुली निर्यात, सीमापार अन्तर्देशीय प्रसारण लाइन निर्माण लगायतका विषयमा छलफल भइरहेको जनाइएकाे छ ।

गत २७ डिसेम्बरमा नयाँ दिल्लामा भएको दुई देशका प्राविधिक सहसचिव स्तरीय बैठक ज्वाइन्ट टेक्निकल टिम ( जेटीटी) ले सचिव स्तरीय बैठक संयुक्त रूपमा सञ्चालन समिति (जेएससी) का एजेण्डाहरु तय गरेको थियो ।