काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा अत्याधुनिक जलन उपचार कक्ष (बर्न वार्ड) बन्ने भएको छ ।
२०७२ वैशाखको भूकम्पपछि बन्द रहेको बर्न वार्डमा जलनका सामान्य बिरामीलाई समेत उपचार नगरी अन्य अस्पतालमा रिफर गरिन्थ्यो ।
शुक्रबार गोरखापत्रमा राज्यसँग छैन जलन उपचार अस्पताल’ शीर्षकमा समाचार प्रकाशन भएको थियो । प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारी जलनमा परी नेपालमा उपचार सम्भव नहुँदा उहाँको इच्छाविपरीत भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचारमा लगिएको सन्दर्भमा अन्य सञ्चार माध्यमले पनि यस विषयलाई प्राथमिकतासाथ उठाएका थिए ।
वीर अस्पतालमा शुक्रबार नयाँ कार्यकारी निर्देशकमा डा. सन्तोष पौडेल नियुक्त भएसँगै उहाँले नयाँ बनेको सर्जिकल भवनमा अत्याधुनिक बर्न वार्ड बनाउने निर्णय भएको छ । उहाँले तीन महिनाभित्र जलनको उपचारका लागि अत्याधुनिक उपचार सुरु गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।
यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।





प्रतिक्रिया दिनुहोस्