३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


बैंकले चर्को व्याज असुलेको भन्दै व्यवसायीको विरोध


676
Shares

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकहरुविरुद्ध प्रदर्शन गरेको छ ।

उद्योगी व्यवसायीका विभिन्न ९ वटा महासंघ र ३८ वटा संघहरुले बैंकहरुविरुद्ध संयुक्त सडक आन्दोलन गरेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले उद्योगी व्यवसायीले व्यवसायीलाई गरिखान दिन आवाज उठाइरहेको बताउनुभयो । उहाँले देशका उद्योगी व्यवसायीको माग सम्बोधन हुन सबै व्यवसायी प्रेम आचार्य नै बन्नुपर्ने हो भन्दै प्रश्न गर्नुभयो ।

महासंघका कन्द्रिय अध्यक्ष कुमार कार्कीले नेपालीहरुले नेपालमा नै गरिखान पाउनुपर्ने बताउनुभयो । उहाँले व्यापारीहरुले ८ प्रतिशतमा लिएको ब्याज १५ प्रतिशतसम्म पु¥याउँदासमेत चुप लागेर बस्नुपर्ने कुराको अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले बैंकर्स र वित्तीय संस्थाहरु सामन्ती बनिरहेको बताउनुभयो ।

उहाँले सरकार यसरी मौन बस्नु नहुने बताउनु भयो । पछिल्लो समय कोभिड महामारी लगायतका कारण नेपालका उद्योगधन्दा चल्न नसकेको अवस्थामा सरकारले व्यवसायीहरुका कुनैपनि माग सम्बोधन नगरेको आरोप उनीहरुको छ ।

उद्योग र व्यापारमा रहेको सिण्डिकेटको अन्त्य सबै उद्योगी व्यवसायीहरुको पहुँच सहितको बैंकहरुको ज्यादतीविरुद्ध थप आन्दोलन गर्ने चेतावनी समेत कार्यक्रमम दिइएको छ ।