२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक ७ गते बस्ने


52
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक फागुन ७ गते आइतबार बस्ने भएको छ ।
विधान अधिवेशनको तयारी, विभिन्न पार्टीसँग भइरहेको एकता प्रयास लगायत समसामयिक राजनीतिक लगायतका बिषयहरुमा बैठक केन्द्रित हुने जसपाले जनाएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुरको बालकुमारीमा बिहान ११ बजे बस्ने पनि जसपाले नामएको छ ।