Logo ११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026


सात लाख सेवाग्राही ‘लाइसेन्स’ कुरेको कुरै


364
Shares

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ ढिलाइ गर्दा वर्ष दिनभन्दा बढी समयदेखि करिब ७ लाख सेवाग्राहीले स्मार्ट लाइसेन्स पाएका छैनन् ।

छपाइ मेसिन र जनशक्ति अभावका कारण यातायात व्यवस्था विभागले ७ लाखभन्दा बढी स्मार्ट लाइसेन्स छपाइ गर्न बाँकी रहेको पाइएको छ ।

विभागको ढिलाइका कारण सेवाग्राहीले अनावश्यक झन्झट बेर्होनुपरेको छ ।

नवीकरण तथा लाइसेन्सको ट्रायल पास गरेका सेवाग्राहीले लामो समयदेखि स्मार्ट लाइसेन्स पाउन नसकेका हुन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।