Logo १० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026


राष्ट्रपतिको सवारीले जनतालाई सास्ती भयो : प्रेम सुवाल


104
Shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीबाट सर्वसाधारण जनतालाई सास्ती भएको बताउनुभएको छ ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा विषेश समय लिएर बोल्दै राष्ट्रपति भण्डारी माघ २७ गते संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्न आउँदा लामो समय समयसमम सडक जाम बारे गृह मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्रीलाई संसदमा जवाफ दिने व्यवस्था गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रपतिको भ्रमणमा शीतल निवासबाट बानेश्वरसम्मको यात्रामा सडक जाम हुँदा दुई घण्टा म आफैँ फसेँ । लाखौँ लाख जनतालाई सास्ती भयो । राष्ट्रपतिको यात्रा सडक जाम नहुने गरी गृहमन्त्रीको जिम्मेवारीसमेत लिएका प्रधानमन्त्रीले किन गर्नुभएन ? संसद्‌मा बोल्न जरुरी छ ।’