२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरबिरुद्धको दिवस मनाइँदै


78
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरबिरुद्धको दिवस बुधबार मनाइँदैछ ।

हरेक वर्षको फेब्रुअरी १५ मा यो दिवस मनाउने गरिन्छ । यस वर्ष जीवन रक्षाः तपाईंको हातमा’ भन्ने नारासहित अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरबिरुद्धको दिवसको मनाउन लागिएको हो ।

बाल्यकालमा हुने क्यान्सरका विरुद्ध जनचेतना बढाउने उद्देश्यका साथ यो दिवस मनाइँदै आएको छ ।

हरेक वर्ष विश्वभर झन्डै दुई लाख ८० हजार बालबालिका र १९ वर्षमुनिका जनसंख्याहरूमा क्यान्सर हुने गरेको पाइन्छ । उच्च आय भएका देशहरूमा ८० प्रतिशत क्यान्सरबाट बाँच्ने धेरै सम्भावना रहेको छ भने कम र मध्यम आय भएका देशहरूमा २० प्रतिशत मात्र बाँच्ने सम्भावना रहेको छ ।

हरेक तीन मिनेटमा विश्वभरका बालबालिकाको क्यान्सरले मृत्यु हुने गरेको छ ।

बाल्यकालमा क्यान्सर भएका बालबालिकाका लागि सहयोग र साथ दिने हिसाबले पनि यो दिवस मनाउने गरिएको हो ।