 
	    धनकुटा । धनकुटाको धनकुटा नगरपालिका–२ स्थित भीरगाउँमा रहेको स्वास्थ्य चौकीबाट प्रसूति सेवा दिन सुरु गरिएको छ ।
त्यहाँका स्थानीयलाई गाउँमै सुरक्षित प्रसूति सेवा उपलब्ध गराउँन धनकुटा नगरपालिकाले स्वास्थ्य चौकीमा ‘वर्थिङ सेन्टर’ सञ्चालन गर्ने व्यवस्था मिलाएको हाे । धनकुटा नगरपालिकाले आन्तरिक स्रोतबाट सेवा सुविधा उपलब्ध गराउँने गरी एक जना प्रसूति गराउँन दक्ष अनमी थप गरेर प्रसूति सेवा सुरु गरेकाे हो ।

प्रसूति गराउँन धनकुटा अस्पताल धाउने गरेका भीरगाउँवासीलाई गाउँमै सेवा उपलब्ध गराउन स्वास्थ्य चौकीमा कर्मचारी थप गरेर वर्थिङ सेन्टर सञ्चालन गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताउनुभयाे ।
यसअघि सोही स्वास्थ्य चौकीमा एक जना हेल्थ असिस्टेन्ट, दुई जना अनमी र एक जना अहेब मात्र कार्यरत रहेका थिए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्