Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


शाहरुखको फिल्म ‘जवान’ मा अल्लु अर्जुन अनुबन्धित


1.5k
Shares

एजेन्सी । भारतीय अभिनेता शाहरुख खानको फिल्म ‘जवान’ मा दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन अनुबन्धित भएका छन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार फिल्म जवान का निर्माताहरूले अल्लुलाई क्यामियो भूमिकामा लागि सम्पर्क गरेका छन्, यदि उनले फिल्म खेल्न मानेको खण्डमा अल्लु फिल्म ‘जवान’ बाट बलिउडमा डेब्यू गर्नेछन्। यति मात्र होइन, फिल्ममा उनको क्यामियो निकै महत्वपूर्ण हुनसक्ने बताइएको छ ।

यो खबर सार्वजनिक भएपछि शाहरुख र अल्लुका फ्यानहरुको उत्साह बढेको छ । ठूलो पर्दामा दुवैको सहकार्यले बक्स अफिसमा राम्रो कमाइ गर्ने प्रशंसकहरुले अपेक्षा गरेका छन् ।

दक्षिण भारतीय निर्देशक एटली कुमारद्वारा निर्देशन हुने यो एक्शन थ्रिलर फिल्ममा अन्य दक्षिण भारतीय कलाकारहरुको अभिनय रहने छ । ‘ जवान’ मा शाहरुखका अलावा नयनतारा(डायना मरियम कुरियन) , प्रियमणि (प्रिया वासुदेवमणि अय्यर) र विजय सेतुपति मुख्य भूमिकामा देखिनेछन् ।

अल्लु अहिले फिल्म ‘पुष्पाः द रुल’ को सुटिङमा व्यस्त छन् । फिल्मलाई दक्षिण भारतीय चर्चित निर्देशक सुकुमार बान्द्रेडीले निर्देशन गरेका हुन् । फिल्म पुष्पाको छायांकन लगभग सकिसकेको छ ।