 
	    काठमाडौं । सरकार र आन्दोलित यातायात मजदुरहरूबीच सिंहदरबारमा अहिले वार्ता जारी रहेकाे छ ।
अहिले सरकारले सिंहदरबारमा ट्राफिक जरिवाना बढाइएको लगायत १० बुँदे मागसहित आन्दोलनमा उत्रिएका मजदुरसँग वार्ता गरिरहेकाे छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमै वार्ता भएको हाे। साेही वार्ता ट्राफिक जरिवाना र आन्दोलन फिर्ता गर्ने विषयमा केन्द्रित हुने छ ।
विभिन्न माग राखेका यातायात मजुदुरले सोमबारदेखि आन्दोलन सुरु गरेका थिए । उनीहरू पहिलो दिनमै आगजनी र तोडफोड समेत गरेका थिए । यातायात मजदुरले मंगलबार पनि सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएका छन् ।
सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएका कारण काठमाडौं उपत्यकामा सामान्य प्रभाव परेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्