Logo १ माघ २०८२, बिहिबार | Thu Jan 15 2026


भारतीय विदेश सचिव क्वात्राको आज पनि भेटघाट जारी


65
Shares

काठमाडौं । नेपाल–भारत सचिवस्तरीय संयन्त्रको बैठकमा भाग लिन आउनुभएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले मंगलबार पनि आफ्नो भेटघाटलाई जारी राख्नुहुने भएको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके राउत) लगायतका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम तय भएको नेपालस्थित भारतीय दूतावास स्रोतले जनाएको छ ।

विदेश सचिव क्वात्राले साेमबार सचिवस्तरीय बैठकमा सहभागी भएपछि समकक्षी परराष्ट्र मन्त्री बिमला राई, राष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको थियो ।