Logo १ माघ २०८२, बिहिबार | Thu Jan 15 2026


प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता


52
Shares

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्रा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न विदेश सचिव क्वात्रा सोमबार साँझ बालुवाटार पुग्नुभएकाे हाे ।

सोमबार नेपाल आएका क्वात्राले सोमबार साँझ नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका थिए ।

भारतीय विदेश सचिव क्वात्रा परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणका लागि सोमबार बिहान नेपाल आइपुग्नु भएकाे हाे ।