Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


फागुन १० भित्रै सत्ता गठबन्धन भत्किन्छ : गगन थापा


923
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन फागुन १० भित्रै टुट्ने दाबी गर्नुभएकाे छ ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर–१ ले सोमबार रुपन्देहीको कोटिहवामा गरेको कार्यकर्ता भेलामा बोल्दै महामन्त्री थापाले यस्तो दाबी गर्नु भएकाे हाे ।

थापाले भन्नुभयाे ,’पुस १० मा बनेको गठबन्धनबारे फागुन १० मा नयाँ समाचार सुन्न पाउनुहुनेछ ।नेतृत्वले गरेको गल्तीका कारण २० महिना अघिदेखि निर्वाचनमा समेत कायम रहेको गठबन्धन भत्किएको भए पनि जनचाहनाअनुसार कांग्रेस नेतृत्वको गठबन्धन बन्नेछ । राष्ट्रपतिमा पनि हामीले नै प्रस्ताव गरेको उमेदवार निर्वाचित हुनेछ ।’

उहाँले पुसको १० गते निर्माण भएको एमाले नेतृत्वको गठबन्धन फागुनको १० गतेसम्ममा परिवर्तन भइसक्ने जिकिर गर्नुभयाे ।