Logo ३ मंसिर २०८२, बुधबार | Wed Nov 19 2025


पूर्वराजा ज्ञानेन्द्रकाे उपस्थितिमा एमाले नेता प्रसाईंले थाले ‘महाअभियान’


663
Shares

झापा । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाद प्रसाईंले पूर्वराजपरिवारका सदस्यहरुकाे उपस्थितिमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउने महाअभियान’ को शुभारम्भ गर्नुभएकाे छ ।

सोमबार झापामा आयोजित एक समारोहका बीच प्रसाईंले अभियानको शुभारम्भ गर्नुभएकाे हाे ।

प्रसाईँले आफूले सुरु गरेको महाअभियान पार्टीभन्दा माथि देशको रक्षाका लागि भएको बताउनु भएकाे छ ।

सामाजिक सञ्जालमार्फत एक अपिल जारी गर्दै प्रसाईँले देशको माटोलाई छातीमा राखेर अभियान सुरु गरिएको भन्दै यो कुनै पार्टी र व्यक्ति विरुद्धको महाअभियान नभएको स्पष्ट पार्नु भएकाे छ।

अभियानका लागि भन्दै उनले प्रधानमन्त्री प्रचण्डसहित, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित विभिन्न दलका नेताहरूलाई निमन्त्रणा गरेका थिए ।