Logo ३ मंसिर २०८२, बुधबार | Wed Nov 19 2025


जनयुद्ध दिवसकै दिन विमला वलीले त्यागिन् माओवादी केन्द्र


2.5k
Shares

काठमाडौं । जनयुद्ध दिवसकै दिन सोमबार नेकपा माओवादी केन्द्रकी नेतृ विमला कुमारी खत्री (वली) ले पार्टी परित्याग गर्नुभएकाे छ ।

उहाँले गत माघ २४ गते नै माओवादी केन्द्र दाङका अध्यक्षलाई पत्र पठाएकाे जानकारी गराउँदै पार्टी परित्यागकाे घाेषणा गर्नुभएकाे हाे ।

‘मलाई पार्टीले युज एण्ड थ्रो गरेको अनुभूती भयो । यत्रो सरकार नै परिवर्तन गराई हाम्रो पार्टीको नेतृत्वमा सरकार निर्माणमा खेलेको भूमिकाको कुनै ख्याल नगरी अहिले कुनै वास्ता नै नगर्ने, कुनै कमिटीमा नजोड्ने जस्ता कार्यले म प्रति अपमान गरेको अनुभूती भएको छ । त्यसैले आजैको मितिबाट म माओवादी केन्द्रको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको घोषणा गर्दछु ।’ राजीनामा पत्रमा भनिएको छ ।

सरकार परिवर्तन भइ आफ्नै नेतृत्वमा सरकार बन्दा पनि माओवादी पार्टीले कुनै वास्ता नगरेको उहाँको गुनासो छ ।