Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


माकुराको जालोमा ‘माओवाद’


130
Shares

काठमाडौं । २०५२ साल फागुन १ गते रोल्पाको ‘होलेरी’ इलाकाप्रहरी कार्यालय, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका प्रहरी चौकीहरू र गोरखाको च्याङ्लीमा रहेको कृषिविकास बैंक कब्जा गरी माओवादी विधिवत भूभिगत भएको थियो। उक्त आक्रमणका हस्तीहरू अहिले रोल्पाबाट निर्वाचित जनप्रतिनिधि छन्।

प्रतिनिधिसभामा जितेका वर्षमान पुन, प्रदेशसभा (ख) बाट निर्वाचित दीपेन्द्र पुन ‘होलेरी’आक्रमणमा सहभागी पात्र हुन्। त्यसो त आक्रमणका मुख्यपात्र नन्दबहादुर पुन अहिले उपराष्ट्रपति छन् भने लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री कुलप्रशाद केसी पनि उक्त आक्रमणका मुख्य हस्ती हुन्।उनीहरू जस्तै १० वर्षे युद्धका धेरै योजनाकारहरू सत्ताको दैलोभित्र छन्। सोही १० वर्षे सशस्त्र द्वन्द्वका अर्का रोल्पाली हस्ती नेत्रविक्रम चन्द यतिबेला एकीकृत जनक्रान्तिका नारा बोकेर अर्ध भूमिगतजस्तै छन्। बाबुराम र वैद्यहरू कहिले चर्चामा त कहिले गुमनामहुने गर्छन्।

बन्दुकको नालबाट सत्ताप्राप्तिको लक्ष्य बोकेका जस्ता देखिने हिजोका उग्र वामपन्थीले यतिबेला माओवाद भने भुलिसकेका छन्। केही वर्षअगाडि रोल्पाको थबाङमा भएको पहिलो अधिवेशनमा माओवादलाई उतै छाडेर आएको विप्लव नेतृत्वको विद्रोही नेकपा र एमालेसँग पिरती गाँस्दा माओवादलाई छेउतिर पन्छाएको सरकारी माओवादीले पनि पछिल्लो समय माओवादलाई किनारा लगाउने तयारी गरिरहेको छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।